१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख १९ बुधबार २o:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एथलेटिक्सका दीपक पुरुषतर्फ उत्कृष्ट

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:o२:oo

धावक दीपक अधिकारीले आइतबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी पुरस्कार जितेका छन्।

वर्ष २०७९ मा गरेको प्रदर्शनका आधारमा नेपाली खेल पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी प्रदान गर्ने अवार्डको २०औँ संस्करणमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका दीपकले गत वर्ष काठमाडौंमा भएको १६औँ एसियाली क्रसकन्ट्री प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष विधाको पुरस्कार जितेका हुन्।

मनोनयनको शीर्ष तीनमा रहेका क्रिकेटरद्वय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखलाई पछि पार्दै दीपकले उपाधि जितेका हुन्। उपाधिसँगै उनले पल्सर मोटरसाइकल प्राप्त गरे।

दीपकले एसियाली क्रसकन्ट्री प्रतियोगिताको पुरुष १० किलोमिटर र टिम इभेन्टमा गरी दुई स्वर्ण पदक जितेका थिए। गत वर्ष नै पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा १० किलोमिटरमा स्वर्ण पदक जित्दा उनको नाममा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनेको थियो।

ad
ad