१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

१० अंकले खुम्चियाे नेप्से, चार अर्बकाे काराेबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:o१:oo

सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.५० अंकले ओरालो लागेर २०८५.८२ मा सीमित भएको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अंकले ओरालो लागेर तीन सय ७४.७५ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर मूल्य उकालो लाग्दा १० उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ।

विभिन्न कम्पनीका एक करोड पाँच लाख ७१ हजार एक सय ९९ कित्ता सेयर रु. चार अर्ब आठ करोड ५६ लाख ७८ हजार चार सय ७२ मूल्यमा खरिद–बिक्री भएका छन्। कारोबारका आधारमा हिमालयनल रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु. ६२ करोड ४७ लाख ८५ हजार तीन सय ६८ बराबरको कारोबार भयो। 

एनआरएन इन्स्फास्ट्रचर रु. १२ करोड चार लाख ३४ हजार चार सय ३७, हिमालयन डिस्टिलरी रु. नौ करोड २३ लाख २६ हजार तीन सय ८८, एनआइसी एसिया बैंक रु. आठ करोड ४२ लाख चार हजार तीन सय ३२ र हाथवे इन्भेस्टमेन्ट रु. आठ करोड ३० लाख ७७ हजार सात सय तीन मूल्यमा कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्रिशूली जलविद्युत् कम्पनी ६.४१, दोर्दी खोला जलविद्युत् कम्पनी ५.०८ र मायाखोला हाइड्रोपावरका लगानीकर्ताले ४.९० प्रतिशतले कमाएका छन्।

यस्तै, एनआइसी एसिया ग्रोथ फन्ड दोस्रो १०, युनिलिभर नेपाल ७.१४, गुराँस लघुवित्त ७.१३, गणपति लघुवित्त ४.६६ र किसान लघुवित्तका लगानीकर्ताले ४.४७ प्रतिशतले गुमाएका छन्। 
 

ad
ad