१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस झापा
२o८१ बैशाख १९ बुधबार १५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लक्ष्यअनुरूप राजस्व संकलन गर्न अर्थमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:५४:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले काँकरभिट्टा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षण गरी वर्तमान अवस्थाको जानकारी लिएका छन्।

दमक उद्योग वाणिज्य संघले आइतबारदेखि सुरु गरेको पाँचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा आएका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरूसँग भेटघाट गरेका हुन्।

निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार कार्यालयलाई मासिक रूपमा कार्यालयले लिएको लक्ष्यअनुरूपको राजस्व संकलन गर्न निर्देशन दिए।

सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न उनले आग्रह गरे। ‘राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ,’ अर्थमन्त्री महतले भने, ‘राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन। राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ।’

उनले मेची भन्सार मुलुककै महत्वपूर्ण भन्सारमध्ये एक रहेको उल्लेख गर्दै एसियन राजमार्गको विस्तारसँगै यसको महत्व झन् बढ्ने भएकाले निराश नहुन व्यवसायीलाई आग्रह गरे।

सो अवसरमा मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले विगतको तुलनामा राजस्व संकलन कम हुँदै गएको, मुख्य नाका भए पनि काँकडभिट्टा मन्त्रालयबाट छायामा परेको भन्दै अर्थमन्त्री महतको ध्यानाकर्षण गराएका थिए।

निरीक्षणका क्रममा भद्रपुर भन्सार कार्यालयको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको बाँकी रहेको मुआब्जा रकम तत्काल उपलब्ध गराइदिन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उद्योगी तथा व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए।

ad
ad