१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १५:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सवारी दुर्घटनामा परेका महासचिव पोखरेलको अवस्था सामान्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:४९:oo

दैलेखमा भएको सवारी दुर्घटनामा परेका नेकपा एमालेका महासचिव शंकर पोखरेलकाे आज काठमाडौंस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ।

शनिबार सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा उनी सामान्य घाइते भएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

‘उहाँ आज ट्रमा सेन्टरमा गई स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ,’ उनले भने, ‘उहाँको तिघ्रा र हातमा सामान्य चोट लागेको छ। भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन।’

महासचिव पोखरेल आजै सुर्खेतबाट काठमाडौं आएका हुन्। जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुंगेश्वर गाउँपालिका– १ चुप्रानजिकै उनी सवार गाडी सडकमा पल्टेको थियो। 

गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा, कर्णाली प्रदेश कमिटी सचिव ध्रुव शाहीलगायत पनि थिए। 

गाडीमा सवार कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। 

ad
ad