Skip This
जहाज भाडामा लिन निगमद्वारा बोलपत्र आह्वान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २३ मंगलबार
  • Saturday, 27 July, 2024
रासस काठमाडौं
२o८o माघ २३ मंगलबार १७:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जहाज भाडामा लिन निगमद्वारा बोलपत्र आह्वान

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २३ मंगलबार १७:o४:oo

नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज भाडामा लिनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोबडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ।

‘निगमको कार्ययोजनाअनुरूप हाल निगमसँग रहेका दुईवटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन्। अन्य गन्तव्यको उडान चाप मौजुदा जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागिएको हो। यसबाट दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिन्छ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

जहाज थप भएसँगै निगमको आय बढ्ने र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य गन्तव्यमा उडान भर्ने निगमको योजना छ।

नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरूले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएकाले जहाज भाडामा लिन लागिएको निगमको भनाइ छ।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहलमा निगमको १० वर्षे व्यावसायिक योजनाअनुरूप बजार विस्तारका लागि जहाज थप गर्न लागिएको हो। उक्त जहाजहरू आगामी जुलाईसम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको छ,’ निगमले भनेको छ।