१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख १९ बुधबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

हमास आक्रमणमा युएनआरडब्लुएकाे संलग्नताबारे अध्ययन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:२९:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को मूल्यांकन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गरेका छन्।   

गत अक्टोबर ७ मा इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका १२ जना कर्मचारी संलग्न  रहेको इजरायली दाबीका कारण मानवीय संगठनले आलोचनाको सामना गर्नुपरेको छ। 

एजेन्सीको कोष अमेरिका, जर्मनी, बेलायत, स्विडेनलगायत एक दर्जनभन्दा बढी राष्ट्रले निलम्बन गरेका छन्।

फ्रान्सका पूर्वविदेशमन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्ट्रसंघले विज्ञप्तिमार्फत घोषणा गरेको अल जजिराले जनाएको छ।

एजेन्सीले तटस्थता सुनिश्चित गरी आरोपको जवाफ दिन आवाश्यक कार्य गरिरहेको छ कि छैन भन्ने मूल्यांकन गर्नु अनुसन्धानको घोषित उद्देश्य रहने बताइएको छ।

अल जजिराका अनुसार प्यानलको प्रतिवेदनमा एजेन्सीको प्रणालीको सम्भावित सुधार र सुदृढीकरणका लागि अन्तरिम प्रतिवेदनका लागि मार्चको अन्त्यमा र अन्तिम प्रतिवेदनका लागि अप्रिलको अन्त्यमा सिफारिस समावेश गरिने गुटेरेसले बताए। 

यो मूल्यांकन संयुक्त राष्ट्रसंघको आन्तरिक अनुसन्धानसँग सम्बन्धित छैन। जुन गत महिना १२ जना युएनआरडब्लुए कर्मचारीविरुद्धको प्रारम्भिक आरोपपछि सुरु गरिएको थियो।

अक्टोबर ७ पहिलो आक्रमणपछि  सुरु भएको  इजरायल र हमासबीचको युद्धमा करिबएक हजार दुई सय इजरायली मारिए र करिब दुई सय ५० जना बन्धक बनाइए। 

ad
ad