१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

अस्ट्रेलियाली लेखकलाई चीनमा निलम्बित मृत्युदण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२९:oo

 चीनको एक अदालतले अस्ट्रेलियाली लेखक याङ हेङजुनलाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ । जासुसीको आरोपमा पक्राउ परेको पाँच वर्षपछि चिनियाँ अदालतले उनलाई उक्त सजाय सुनाएको हो । अस्ट्रेलियाली अधिकारीका अनुसार यो सजाय दुई वर्षपछि आजीवन कारावासमा परिणत हुन सक्छ (चिनियाँ कानुनमा निलम्बित मृत्युदण्डको सजायले दोषीलाई मृत्युदण्डबाट दुई वर्षको छुट दिन्छ, त्यसपछि यो स्वतः आजीवन कारावासमा परिणत हुनेछ) । डा. याङले आफूमाथि लाग्दै आएका आरोप अस्वीकार गरेका छन्, जुन सार्वजनिक गरिएको छैन । उपन्यासकारसमेत रहेका डा. याङले चिनियाँ राज्य मामिलाबारे ब्लग तयार पारेका छन् ।

अस्ट्रेलिया सरकारले बेइजिङको कदमले स्तब्ध भएको बताएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बेइजिङको ऐतिहासिक भ्रमण गरेको तीन महिनापछि डा. याङलाई निलम्बित मृत्युदण्ड सुनाइएको हो । नोभेम्बर ४ देखि ७ सम्म भएको भ्रमणको उद्देश्य पछिल्लो समय बिग्रिएको दुई देशको सम्बन्ध सुधार ल्याउनु रहेको थियो । डा याङको सजायलाई लिएर विदेशमन्त्री पेनी वोंगले अस्ट्रेलियाका लागि चिनियाँ राजदूतलाई स्पष्टीकरणका लागि बोलाएकी छिन् । उनले सरकारले बेइजिङलाई ‘सबैभन्दा कडा शब्दमा’ आफ्नो प्रतिक्रिया दिने चेतावनी दिइन् । 

‘हामीले अन्तर्राष्ट्रिय मापदण्ड र चीनको कानुनी दायित्वअनुरूप न्यायको आधारभूत मापदण्ड, प्रक्रियागत निष्पक्षता र मानवीय व्यवहारका लागि निरन्तर आह्वान गरेका छौँ,’ उनले एक विज्ञप्तिमा भनिन् । ‘सबै अस्ट्रेलियालीहरू डा. याङलाई आफ्नो परिवारसँग पुनर्मिलन भएको हेर्न चाहन्छन् । हामी हाम्रो वकालतमा पछि हट्नेछैनौँ,’ उनले भनिन् । 
बिबिसी

ad
ad