१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी
२o८१ बैशाख २० बिहीबार o९:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

आफ्ना सेना मारिएको बदलामा अमेरिकाले गर्‍यो इराक र सिरियामा हमला

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४८:oo

सर्वसाधारणसहित १६ जनाको मृत्यु भएको इराकको दाबी

अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा हवाई हमला गरेको छ । इरान समर्थित लडाकुले गत आइतबार जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको हमलाको बदलामा यो आक्रमण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अमेरिकी समाचार संस्था एपीका अनुसार अमेरिकी विमानले विमानले कमान्ड एन्ड कन्ट्रोल हेडक्वार्टर, गोलाबारुद भण्डारण र अन्य सुविधामा आक्रमण गरेका छन् ।  अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अमेरिकी सैन्य आधारमा भएको ड्रोन आक्रमणका लागि ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक छाता समूह जिम्मेवार रहेको बताएको छ । उक्त हमलामा तीनजना अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढी घाइते भएका थिए ।

इराकले गर्‍यो आक्रमणको निन्दा : अमेरिकाले आफ्नो भूमिमा गरेको आक्रमणमा कम्तीमा १६ जना मारिएका इराकको सरकारले जनाएको छ । यस घटनालाई उसको सार्वभौमिकताविरुद्धको ‘नयाँ आक्रमण’ भन्दै इराकले निन्दा गरेको छ । आक्रमणले मध्यपूर्वमा गम्भीर परिणाम निम्त्याउन सक्ने पनि उसले चेतावनी दिएको छ । नागरिक र रक्षा पूवर्धार दुवै निसाना बनाइएकाले मारिनेमा सर्वसाधारण नागरिक पनि रहेको इराकी सरकारका प्रवक्ताले शनिबार बताए । अमेरिकाले इरान समर्थित संगठनका आधारमा आक्रमण गरेको दाबी गर्दै थप आक्रमणको चेतावनी दिएको छ ।

त्यस्तै इराकी सरकारले हवाई हमला आफूहरूसँग समन्वय गरिएको भन्ने वासिंटनको दाबीलाई ‘झूट’ र ‘अन्तर्राष्ट्रिय जनमतलाई भ्रममा राख्ने उद्देश्य’बाट प्रेरित भनी खण्डन गर्‍यो । यस क्षेत्रमा अमेरिकी नेतृत्व सैन्य गठबन्धनको उपस्थिति ‘इराकको सुरक्षा र स्थिरतालाई खतरामा पार्ने कारण भएको छ,’ प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीको कार्यालयले भनेको छ । यस घटनाको औपचारिक विरोध गर्न इराकको परराष्ट्र मन्त्रालयले अमेरिकी चार्ज डी अफेयरलाई मन्त्रालयमा बोलाएको थियो । 

कैयौँको हताहती – सिरिया : उता अमेरिकाले बमबारी भोगेको अर्को मुलुक सिरियाको रक्षा मन्त्रालयले ‘अमेरिकी अतिक्रमणकारी सेनाको उग्र क्रियाकलाप’को आलोचना गर्‍यो । यस्ता कदमले ‘आतंकवादविरुद्धको लडाइँमा सिरियाली सेना र उसका सहयोगीको क्षमतालाई कमजोर पार्ने’ पनि उसले आरोप लगाएको छ । उसका अनुसार अमेरिकी निसानामा परेका क्षेत्र आइएस समूहका अवशेष बाँकी रहेका र सिरियाली फौज लडिरहेका क्षेत्र हुन् । सिरियाली सरकारी सञ्चारमाध्यमले यकिन संख्या नखुलाई इराकको सीमावर्ती क्षेत्रमा भएको आक्रमणमा कैयौँको हताहती भएको जनाएका छन् । आक्रमण मुख्यतः सिरियाको मरुभूमि क्षेत्र र इराकसँगको सीमावर्ती क्षेत्रमा भएको ती सञ्चारमाध्यमले जनाएका  छन् । 

अमेरिकी सरकारको अर्को दुस्साहसः इरान : अमेरिकाले इरान समर्थित समूहको आधारलाई निसाना बनाएको बताए पनि आक्रमण इरानी भूभागभित्र भने गरिएन । इरानको विदेश मन्त्रालयले घटनाबारे टिप्पणी गर्ने क्रममा आक्रमणलाई ‘अमेरिकी सरकारको अर्को दुस्साहसी कार्य र अर्को रणनीतिक त्रुटिको’ संज्ञा दियो । ‘यसले मध्यपूर्वको अस्थिरतालाई थप तीव्र पार्नुबाहेक कुनै परिणाम दिनेछैन,’ इरानले भनेको छ । 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग बोल्ने क्रममा ‘बहुतह’को आक्रमणको उद्देश्य इरान समर्थित समूहको भावी आक्रमणलाई रोक्ने रहेको बताए । निसानामा इरान समर्थित समूह भए पनि आफूहरू इरानसँग युद्धको पक्षमा नरहेको किर्बीले भने । अमेरिकी केन्द्रीय कमान्ड ९सेन्टकम०ले आक्रमणका लागि अमेरिकाबाट बमवर्षक मध्यपूर्व ल्याइएको र सात स्थानका करिब ८५ निसानामा प्रहार गर्न १२५ भन्दा बढी सटिक हतियार प्रयोग गरिएको बताए । निसानामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प तथा तेहरान समर्थित सशस्त्र समूहको कमान्ड तथा निर्देशन सञ्चालन केन्द्र, गुप्तचर केन्द्रहरू, हतियार भण्डारण र आपूर्ति शृंखलाका पूर्वाधार समावेश रहेको सेन्टकमले जानकारी दियो । वासिंटनले आफूले बम हानेका सबै निसानाले इरानको रिभालुसनरी गार्डको बाह्य एकाइ कुड्स फोर्स कमान्डको सहयोग पाइरहेको बताए पनि मारिनेमध्ये कोही पनि इरानी नरहेको विश्वास गरेको छ । 

अमेरिकी आधार क्षेत्रमा आक्रमणको जिम्मेवारी ‘इस्लामिक रेसिडेन्ट’ भनिने सैन्य गठबन्धनले लिएको थियो । उसले इराक र छेउछाउका देशमा तैनाथ अमेरिकी सेनालाई ‘अतिक्रमणकारी फौज’ को रूपमा हेर्छ । 

ad
ad