१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
हिमपातले सेताम्मे खप्तड
२o८१ जेठ ३ बिहीबार १५:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात, तराईमा वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:२६:oo

सुदूरपश्चिममा वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। डोटी, बाजुरा, बझाङ, बैतडी, अछाम, डडेल्धुरा र दार्चुला जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बुधबार रातिबाट हिमपात भइरहेको छ। पहाडी क्षेत्रसँगै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा वर्षा भएको छ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड हिउँले ढाकिएको छ। दुई फिटसम्म हिउँ जमेपछि खप्तडका डाँडाहरू सेताम्य बनेका छन्। बिहीबार बिहानबाट खप्तडको प्रवेशद्वार मानिने डोटीको झिग्राना, बगलेकसम्म हिउँ परेको झिग्रानामा होटेल सञ्चालन गर्दै आएका व्यवसायी दीपक खड्काले बताए।

बैतडीको खोड्पे, सिगास, अनारखोली, सतबाज क्षेत्रमा हिमपात भएको छ। त्यस्तै, बाजुराको बिच्छ्या, कोल्टी, ढम्कने, पोखरेलेकलगायत लेकाली र हिमाली क्षेत्रमा हिमपात भएको छ। बुधबार रातिबाट हल्का वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानसिंह भण्डारीले बताए। सुदूरपश्चिमका अन्य जिल्लामा पनि हिमपात र हल्का वर्षा भइरहेको छ।

यो हिउँदमा यहाँ पहिलोपटक हिमपात भएको हो। वर्षा र हिमपातले हिउँदे बाली सप्रिने भन्दै किसान सुखी भएका छन्। हिमपात भएसँगै ती क्षेत्रमा चिसो अत्यधिक बढेको छ। कैलालीमा बिहीबार बिहानसम्म ६.५ मिलिमिटर वर्षा भएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।

तस्बिर सौजन्य : खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेल

ad
ad