१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारी मिडियाकाे कार्यशैली परिवर्तन गर्न खोजेका छौँ : मन्त्री शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:२७:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणका रूपमा विकास गरिने बताइन्।   

‘विगतमा सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई एकोहोरो सरकारको प्रचारकका रूपमा मात्र बुझिन्थ्यो भने अब यसखालको कार्यशैलीमा परिवर्तन गर्न खोजिरहेका छौँ,’ उनले भनिन्। 

उनले सरकारी सञ्चारमाध्यम सरकारी सूचना सन्देश प्रकाशन–प्रसारण गर्ने एकोहोरो प्रचारक मात्र नभई राज्यका सूचना, सन्देश र कार्य जनताको बीचमा लैजाने र जनताको आवाज र अपेक्षा राज्यसम्म पुर्‍याउने दोहोरो माध्यमका रूपमा रहेका बताइन्। 

आमसञ्चार क्षेत्रको पुनर्संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाबारे सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको र सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाई नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार पारिएको उनको भनाइ थियो। 

उनले आमसञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिइएको बताइन्।  

मन्त्री शर्माले पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखापर्न खोजिरहेका उशृंखल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण–प्रकाशनमा जोड दिन आवश्यक रहेको औल्याइन्।

सूचना प्रविधिको विकास र आमदर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगरे टेलिभिजनको पहुँच विस्तार गर्न कठिन रहेको उल्लेख गर्दै मन्त्री शर्माले चुस्त र स्वच्छ व्यवस्थापनबाट सञ्चालन लागतलाई प्रभावकारी बनाई सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन आग्रह गरिन्। 
 

ad
ad