१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

प्रतिस्पर्धाविहीन राष्ट्रपति निर्वाचनमा पुटिनको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:२९:oo

राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी राष्ट्रपति पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगले पुटिनलाई मार्चमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारका रूपमा मान्यता दिएको छ । निर्वाचनमा उनको जित करिब निश्चित छ । यस शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आएका ७१ वर्षीय पुटिनले चारवटा राष्ट्रपतीय निर्वाचन जितेका छन् भने केही समयका लागि प्रधानमन्त्रीका रूपमा काम गरेका छन् । 

पुटिनले कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्ने अपेक्षा गरिएको छैन । उदारवादी प्रतिद्वन्द्वी बोरिस नादेजदिनले उम्मेदवारका रूपमा दर्ताका गर्नका लागि हस्ताक्षरको थ्रेसहोल्ड (सीमा) पार गरेका छन् । यद्यपि उनलाई उम्मेदवारका रूपमा अनुमति दिइन्छ वा दिइन्न भन्ने अझै स्पष्ट भएको छैन ।

साथै क्रेमलिनले उनलाई गम्भीर प्रतिद्वन्द्वी नमानिएको बताएको छ । निर्वाचन मार्च १५ देखि १७ सम्म हुनेछ । क्रेमलिनका आलोचकहरूका अनुसार निर्वाचनले पारदर्शिताको सुनिश्चिततालाई अझ कठिन बनाउने बताएका छन् । सन् २०२० मा एउटा विवादास्पद संवैधानिक सुधारपछि पुटिन कम्तीमा सन् २०३६ सम्म सत्तामा कायम रहन सक्नेछन् । 

ad
ad