१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विनोदको अर्को शतकीय इनिङ्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:o३:oo

त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णालीविरुद्ध शतकीय इनिङ्स खेलेका छन् । चालू प्रतियोगितामा विनोदको यो दोस्रो शतक हो । यसअघि उनले मधेशविरुद्ध ११३ रन जोडेका थिए । त्रिवि क्रिकेट मैदानमा विनोदको सय रनको सहयोगमा आर्मीले कर्णालीलाई १६४ रनको फराकिलो अन्तरले हरायो । पहिलो ब्याटिङ गरेको आर्मीले ५० ओभरमा पाँच विकेट गुमाएर २७९ रनको योगफल खडा गर्‍यो । 

प्रत्युत्तरमा कर्णाली २९ ओभरमा ११५ रनमा समेटियो । जितसँगै आर्मी १० अंकका साथ चौथो स्थानमा उक्लेको छ । कर्णालीले आठ खेलबाट ६ अंक जोडेको छ । आर्मीका लागि शतकीय इनिङ्स खेलेका विनोदले १३२ बलमा ६ चौका र तीन छक्का प्रहार गरेका थिए । सो इनिङ्समा वसिर अहमेद शतक बनाउन २ रनले चुके ।

उनी ९८ रनमा नटआउट रहे । उनले १२ चौका र एक छक्का प्रहार गरे । विनोद र वसिरबीच छैटौँ विकेटका लागि १६९ रनको साझेदारी भएको थियो । आर्मीलाई जित दिलाउने क्रममा विवेक यादवले २५ रनमा तीन विकेट र कुशल मल्लले २० रनमा तीन विकेट हात पारे । मूलपानी मैदानमा मधेशले लुम्बिनीमाथि ९ रनको रोमाञ्चक जित निकाल्यो । पहिलो ब्याटिङ गरेको मधेशले ४१.३ ओभरमा सबै विकेट गुमाएर १६९ रन जोडेको थियो । लुम्बिनी ४०.५ ओभरमा १६० रनमा समेटियो । 

ad
ad