१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका नवलपरासी
२o८१ जेठ ३ बिहीबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नगरपालिकाबाट तलब-भत्ता खानेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:o५:oo

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ। पालिकाको सेवा–सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो।

नगरपालिकाको कोषबाट तलब, भत्तालगायतका सुविधा उपभोग गर्नेले छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रममा तय गरिएको नगरप्रमुख विमला अर्यालले बताइन्।

आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा व्यवस्था गरिएअनुसार सुविधा लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका लागि उक्त नीति कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो।

पालिकाभित्र रहेका शैक्षिक संस्थाको गुणस्तरमा वृद्धिसमेत हुने अपेक्षा लिइएको नगरप्रमुख अर्यालकाे भनाइ छ। यस नीतिले सामुदायिक विद्यलायको शैक्षिक गुणस्तर सुधार हुनेछ।

सामुदायिक विद्यालयमा भर्ना गर्नका लागि नगरपालिकाले गत वर्षदेखि उक्त अभियान सञ्चालन गरेको थियो। उक्त नीति आगामी शैक्षिक सत्रबाट लागू हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाको आन्तरिक कोषबाट तलब, भत्ता तथा सुविधा उपभाेग गर्ने तीन सय ६७ जना छन्।

‘ज्यालादारीसहितका अन्य दुई सय ११ जना कर्मचारी, सामुदायिक विद्यालयका निजी स्रोतबाट ८८ जना र ससर्त अनुदानबाट अन्य शिक्षकसमेत रहेका छन्,’ नगरप्रमुख अर्यालले भने।

उनका अनुसार पालिकाभित्र ३५ वटा सामुदायिक विद्यालय छन्। यसमध्ये तीन  विद्यालयलाई नगरपालिकाले अनुमति दिएर सञ्चालन भइरहेका छन्। गुरुकुल विद्यालय, मदरसा र लुम्बिनी समाता महिला विद्यालय पालिकाको अनुमतिमा सञ्चालन भएका नगरप्रमुख अर्यालले जानकारी दिइन्। रासस 

ad
ad