१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग उपप्रमुख नेपालमा   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:२८:oo

चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छिन्। उच्चस्तरीय राजनीतिक भेटघाटका लागि उनी नेपाल आएकी हुन्।

उनी तीनदिने भ्रमणका लागि आज बिहान काठमाडौं ओर्लिएकी हुन्। नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछिन्। सुनले आजै तीन बजे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्नेछिन्। 

शनिबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्नेछिन्। शनिबार साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ। 

आइतबार ९ देखि ११ बजेसम्म सोल्टी होटेलमा हुने एउटा कार्यक्रममा उनी सहभागी हुनेछिन्। आइतबार ३ बजे कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ। आइतबार नै उनले माओवादी केन्द्रका दोस्रो तहका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यतालिका छ। 

ad
ad