१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुवाखोलाको सेयर लक्ष्मी सनराइज क्यापिटलले निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:o५:oo

पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्नका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

 कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६ सय ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरका प्रबन्ध निर्देशक कदम केसी तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । 

पुवाखोला–वान हाइड्रोपावरले इलाममा चार मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको जनाइएको छ । 

ad
ad