१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २१:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बयलपाटा अस्पताललाई अनुदान दिन अछामका जनप्रतिनिधिको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २१:२o:oo

अछामबाट निर्वाचित जनप्रतिनिधिले बयलपाटा अस्पताललाई अनुदान दिन प्रदेश सरकारसँग माग गरेका छन्। अछामबाट निर्वाचित संघ र प्रदेश सभाका सांसद तथा स्थानीय तहका प्रमुखले धनगढीमा पत्रकार सम्मेलन गरेर अस्पताललाई अनुदान दिन माग गरेका हुन्। 

बयलपाटा अस्पताललाई दिँदै आएको अनुदान प्रदेश सरकारले यस वर्ष कटौती गरेको भन्दै जनप्रतिनिधि रुष्ट बनेका हुन्। अछामबाट निर्वाचित प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले नागरिकलाई नि:शुल्क उपचार दिँदै आएको बयलपाटा अस्पताल बजेट अभावका कारण संकटमा परेको बताए। बजेट अभावका कारण अस्पताल संकटमा परेको उनले बताए।

‘तीन वर्षदेखि प्रदेशले अनुदान दिँदै आएकोमा यस वर्ष कसरी छुट्यो?’ उनले भने, ‘प्रदेशले अस्पतालका लागि आवश्यक बजेट दिनुपर्छ।’ प्रदेश सभा सदस्य मेघराज खड्काले अस्पताललाई गत वर्ष जत्तिकै यस वर्ष पनि नौ करोड रुपैयाँ अनुदान दिन प्रदेश सरकारसँग आग्रह गरे। आर्थिक संकटले अस्पताल बन्द हुने अवस्थामा पुगे पनि प्रदेश सरकारले बेवास्ता गरेको उनले गुनासो गरे।

न्याय हेल्थ नेपाल नामक संस्थाले सञ्चालन गरिरहेको बयलपाटा अस्पतालले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिकलाई नि:शुल्क उपचार सेवा दिँदै आएको छ। ५० शय्या रहेको यो अस्पताल सञ्चालनमा वार्षिक करिब २२ करोड रुपैयाँ खर्च हुने गरेको बताइएको छ। त्यसमध्ये, करिब १३ करोड रुपैयाँ दातृ निकायले व्यवस्था गर्दै आएको र बाँकी रकम प्रदेश सरकारले अनुदान दिनुपर्ने जनप्रतिनिधिको माग छ।

सरकारले बयलपाटालाई पहिलो वर्ष सात करोड, त्यसपछि आठ करोड र गत वर्ष वर्ष नौ करोड उपलब्ध गराए पनि यस वर्ष बजेट कटौती गरिदिएको खड्काले बताए। साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले बयलपाटा अस्पताल सञ्चालनमा सहयोग गर्ने भनेर सरकारले आश्वासन मात्र दिएको गुनासो गरे। 

ad
ad