१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकममा पनि गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:१६:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ। यो सातामा कारोबारको लगातार चौथो दिन आज नेप्से परिसूचक १०.२५ अंकले घटेर दुई हजार ८८.०४ को विन्दुमा सीमित भएको छ।

आज विभिन्न तीन सय ११ कम्पनीका एक करोड १० लाख ४९ हजार नौ सय ४९ कित्ता सेयर ९० हजार दुई सय १० पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ बराबरको कारोबार भएकाे छ।

बैंकिङ समूह ०.०९ र म्युचुअल फन्ड समूह ०.१४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् समूह १.२७ र लगानी समूह १.६५ प्रतिशतले घटेको छ।

चन्द्रागिरि हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. २५ करोड १५ लाख ६८ हजार ६७ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने अरुण काबेली पावर लिमिटेडको पाँच लाख ७१ हजार आठ सय ७४ कित्ता सेयर किनबेच भएको छ।

ad
ad