१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १४:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

युएईमा वसन्तलाई सुन्न आतुर नेपाली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:२o:oo

चर्चित गायक तथा संगीतकार वसन्त थापा युएई आउने थाहा पाएपछि नेपाली हर्षित भएका छन्।

आफ्नो माटो र मौलिक लयलाई सुरमा सुन्न आतुर रहेका युएईस्थित धेरै नेपालीले देशबाहिर रहेर पनि थापाको लाइभ प्रस्तुति हेर्न पाउनु सौभाग्य भएको बताए। 

‘उहाँको संगीत र स्वरको म बिग फ्यान हो,’ वरदुवैमा बस्दै आएका मनोज पाण्डेले भने, ‘नेपाली कला तथा संगीत क्षेत्रको स्थापित व्यक्तिसँगको लाइभ कार्यक्रम कलाप्रेमी सबैका लागि अवसर हो, लोकदोहोरीमा उहाँको पृथकता त छ नै, क्लासिकल पनि सुन्न पाइने भएकाले थप उत्साहित छु,’ उनले भने।

युएईस्थित वरदुवैमा बस्दै आएकी उषा पाण्डेले निजी काम छोडेरै भए पनि यो आइतबार दुःख भुलेर वसन्त थापासँग रमाउने प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘यहाँ हामी नेपालीका दुःख कहानी कति छन् कति, तर मौका पाएको वेला त रमाउनुपर्छ।’ उषाले यो रमाइलो मात्रै नभएर नेपाली कला तथा संस्कृति र देशको माया बुझ्ने अवसर पनि भएको बताइन्।

गायक तथा संगीतकार वसन्त थापाले पनि युएईस्थित नेपालीसँग रमाइलो गर्न आतुर रहेको बताए। ‘युएईमा झन्डै दुई लाख ५० हजार नेपाली हुनुहुन्छ। विदेश पुगेर पनि नेपालकै मेला महोत्सवमा प्रस्तुति दिएजस्तो लाग्छ होला,’ गायक तथा संगीतकार थापाले भने, ‘एउटा कलाकारका लागि योभन्दा खुसी के हुन सक्ला ?’ 

थापाले कार्यक्रममा नेपाली लोकदोहोरी गीतमध्येकै सर्वोत्कृस्ट सालको पातको टपरी हुने, खेतमा बोकेझार, जाम सुस्तै, माया हाँसेको, सयको गुन तिरौँला हजारैले, विदेशको पिआर छ, मुसुक्क हाँसन, अरे भैयासहित जुनको जुनेलीलगायतका गीत गाउनेछन्।

स्तरीय, तर कम मात्रै कार्यक्रममा सहभागिता जनाउने गायक तथा संगीतकार वसन्तको युएईका लागि १० वर्षपछिको सांगीतिक यात्रा हो। यसअघि थापा सन् २०१३ मा युएई आएका थिए।

नवलपरासीमा रहेका गरिब तथा असहायको सहयोगार्थ नवलपरासी सेवा समाज युएईको आयोजनामा जनवरी २८ तारिखमा हुने कार्यक्रममा गायक तथा संगीतकार वसन्त थापा आउन लागेका हुन्। 

नेपालबाट आफ्नो प्रस्तुतिका लागि मोडल अञ्जली अधिकारी र लोकदोहाेरी गायिका शर्मिला अर्यालसमेत आउने समाजका अध्यक्ष भूपराज डुम्रेले जानकारी दिए। 
 

ad
ad