मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ९ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o माघ ९ मंगलबार १८:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१२औँ पोखरा महोत्सव सम्पन्न, १२ करोडको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ ९ मंगलबार १८:३२:oo

दुई लाख २५ हजार दर्शकले अवलोकन र १२ करोडको कारोबार गर्दै १२औँ संस्करणको पोखरा महोत्सव २०८० सम्पन्न भएको छ।

‘शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनको लागि’ भन्ने नारासहित युनाइटेड क्लब पोखराको आयोजना एवं रवि एन्ड सन्नी इन्डस्ट्रिज् प्रालिको उत्पादन बेटर होम एप्लायन्सेसको मुख्य प्रायोजनमा २६ पुसदेखि सुरु महोत्सव अपेक्षाकृत लक्ष्य हासिल गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।

आयोजक क्लबका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक राजु श्रेष्ठका अनुसार महोत्सवमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, कृषि, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनका सामग्रीहरू, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरूको जानकारी दिनेलगायतका गरी दुई सय ३० वटा स्टलहरू राखिएका थिए। 

क्लबले स्थापनाकालदेखि नै महोत्सव आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेकोमा यस वर्षदेखि लेखनाथको अर्चलेमा विपन्न विद्यार्थीहरूका लागि आवासीय छात्रावास निर्माण र सेती नदीमा पर्यटकीय गन्तव्य निर्माणका लागि रकम छुट्याएको श्रेष्ठले बताए।

महोत्सवको अवसरमा महोत्सव स्थलमा विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानअन्तर्गत ‘नेपाल कला यात्रा’ पुस्तक प्रकाशनको लागि ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल दोस्रो कला प्रदर्शनी’ आयोजना गरिएको कलाकार प्राज्ञ नगेन सिंहले जानकारी दिए।