१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

८० प्रतिशत सकियो पेट्रोल अन्वेषण मुख्य प्वाइन्टको काम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३१:oo

देशकै आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको कामका लागि सरकारले तदारुकता देखाएको छ । अहिले अन्तिम तथा निर्णायक सर्वेक्षणका लागि दैलेखको भिरखेतमा मुख्य प्वाइन्टको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । 

दैलेखको भूभागमा कति मात्रामा पेट्रोलियम पदार्थ र ग्यास छ भनेर अन्तिम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहणसँगै स्थानीयलाई मुआब्जा वितरण कार्य सम्पन्न भइसकेको छ ।अहिले उक्त क्षेत्रमा रिग हाउस अर्थात् ड्रिल गर्ने मुख्य प्वाइन्ट निर्माण कार्य ८० प्रतिशत सकिएको छ । कामदार बस्ने क्याम्पलगायतका काम धमाधम सुरु गरिएको छ । जमिनमुनि चार किलोमिटर ड्रिल गरेर अध्ययन गरिनेछ ।

दैलेखकै भूभाग पेट्रोल र ग्यासको स्रोतका रूपमा संसारकै महत्वपूर्ण स्थान हुन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको खानी तथा भूगर्भ विभागका आयोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए । अन्तिम ड्रिलिङबाट के–कति परिमाणमा ग्यास–पेट्रोल छ भन्ने पत्ता लाग्ने र देशकै आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण स्रोत, प्राप्त हुनेमा आशावादी भएको नापितको भनाइ छ ।  

ड्रिलिङका लागि ठूलो मेसिन चीनबाट हिँडिसकेको छ । कोलकाता बन्दरगाहसम्म आउन एक महिना लाग्ने र त्यहाँबाट १५ दिनभित्र दैलेख आउने आयोजनाले जानकारी दियो । ठूला सवारीसाधन ल्याउन कर्णाली राजमार्ग र साँगेतडाको सडक निर्माण कार्य पनि धमाधम सुरु गरिएको छ ।

 दैलेखमा ०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको काम सुरु भएको थियो, नेपाल सरकार, खानी तथा भूगर्भ विभाग र चीनको जियोलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो ।चीनको प्राविधिक टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेट टेल्युरिक र जिओकेमिकल सर्भे सम्पन्नपछि सम्भावित क्षेत्र भिरखेतमा अन्तिम अन्वेषणको काम सुरु गरेको हो । 

ad
ad