१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मुख्य समाचार

शिलान्यास नरोकिँदा हुन सक्ने अप्रिय घटनाको जिम्मेवार उपकुलपति र रजिस्ट्रार : शिक्षामन्त्री यादव

जसपा-जनमत विवाद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:२४:oo

मधेश प्रदेश सरकारका शिक्षामन्त्री महेशप्रसाद यादवले सोमबार हुने भनिएको मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम स्थगित गर्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएका छन्।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नभई विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार हुने चेतावनी दिएका छन्। 

‘सहकुलपति तथा विश्वविद्यालयको सभा (सिनेट)को अध्यक्ष म आफैँ हुँदा विश्वविद्यालयमा हुने कार्यक्रमको विषयमा केही जानकारी नपाउनु दुर्भाग्य हो। भोलिका लागि निर्धारित कार्यक्रम विश्वविद्यालयले सिनेटको अध्यक्षको सहमतिबेगर गर्नु विवाद निमत्याउनु हो,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘तसर्थ, सो कार्यक्रम स्थगित गर्न विश्वविद्यालयको प्रशासनिक विभागलाई निर्देशन दिएको व्यहोरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ। कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी र रजिस्ट्रार हुने जानकारीसमेत गराउन चाहन्छु।’ 

राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताले सातबुँदे माग राख्दै आइतबार तालाबन्दी गरेका छन्।

सोमबार राजविराज नगरपालिका–१३ स्थित विश्वविद्यालयको शिलान्यास कार्यक्रम तय गरिएको छ। शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतका कार्यकर्ता विरोधमा उत्रिएका हुन्। कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। 

ad
ad