१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बागमतीसँग कोशी ६४ रनले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:३३:oo

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ। 

जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य पछ्याएको कोशी प्रदेश ४७.१ ओभरमा सबै विकेट गुमाउँदै दुई सय नौ रनमा समेटियो। 

कोशी प्रदेशका लागि सुजन थपलियाले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ७६ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गरे। साथै, कप्तान अंकित सुवेदीले ५३ रन बनाए। उनले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे। आशिष भट्टराईले ३२, सोनु अनसरीले २१ तथा हेमन्त राईले १० रन बनाए। 

बलिङतर्फ बागमतीका इशान पाण्डेले पाँच विकेट लिए भने सूर्य तामाङले दुई विकेट लिए । त्यस्तै, प्रतीक श्रेष्ठ र रिजन ढकालले समान एक–एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले  ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनाएको थियो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे। उनले कुल १६ चौका र दुई छक्का प्रहार गरे। 

त्यसैगरी, कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतीक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आशुतोष र रितले एक सय ३१ रनको साझेदारी गरेका थिए। 

कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले तीन विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान दुई–दुई विकेट झारे। त्यस्तै फिरदाेष अन्सारीले एक विकेट लिएका थिए।
 

ad
ad