Skip This
इरान-पाकिस्तान सैन्य आक्रमण, अधिकतम संयमता अपनाउन आग्रह 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ ५ शुक्रबार
  • Tuesday, 11 August, 2026
फाइल तस्बिर
२o८o माघ ५ शुक्रबार १६:१o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरान-पाकिस्तान सैन्य आक्रमण, अधिकतम संयमता अपनाउन आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ ५ शुक्रबार १६:१o:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन्। 

महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह गरेको प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरेका छन्। 

महासचिव गुटेरेसले दुई देशबीचका सबै सुरक्षा चिन्ताहरूलाई सार्वभौमिकता, क्षेत्रीय अखण्डता र असल छिमेकी सम्बन्धका सिद्धान्तअनुसार शान्तिपूर्ण  संवाद र सहयोगको माध्यमबाट सम्बोधन गर्नुपर्ने विषयमा जोड दिएका छन्। 

मंगलबार पाकिस्तानको बलुचिस्तान प्रान्तका ‘आतंकवादी आधारहरू’मा इरानी आक्रमण भएपछि पाकिस्तानले बिहीबार बिहान आतंकवादी लुकेको इरान क्षेत्रमा आक्रमण गरेको बताएको थियो। रासस