१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कन्दरा ब्यान्डको प्रस्तुतिमा आइएमई पे टिकेटिङ पार्टनर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४५:oo

 डिजिटल वालेट आइएमई पेले पोखरामा सम्पन्न ‘कन्दरा लाइभ इन पोखरा’ इभेन्टमा टिकेटिङ पार्टनरको भूमिका निभाएको छ । ‘पहिले घरदेश, अनि परदेश’को नारा लिएर सुरु भएको सांगीतिक यात्राको पहिलो कार्यक्रम पोखरामा सम्पन्न भएको हो । उक्त कार्यक्रम वर्षकै ठूलो सांगीतिक कार्यक्रम भएको ब्यान्डले जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा आयोजित उक्त कार्यक्रममा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको बतााइएको छ । 

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सबै क्षेत्रका संगीतप्रेमीलाई एकसाथ ल्याउने कार्यक्रमको एक हिस्सा हुन पाएकामा खुसी लागेको बताए । ‘यो परियोजनाको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाएको छ,’ उनले भने, ‘यो उपलब्धि हाम्रो टिमको समर्पण र विशेषज्ञताको प्रमाण हो ।’ 

ad
ad