१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २१:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल तथा संयुक्त राष्ट्रसंघको नेपाल सञ्चालन समितिको पहिलो संयुक्त बैठक सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २१:१३:oo

नेपाल सरकार राष्ट्रिय योजना आयोग र नेपालस्थित संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघीय दिगो विकास सहयोग कार्य ढाँचा (युएनएसडिसिएफ) २०२३–२०२७ को सञ्चालन समितिको पहिलो बैठक संयुक्त रूपमा आयोजना गरिएको छ।

बैठकको सहअध्यक्षता राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हानासिंगर हाम्दीले गरेका थिए। 

सन् २०२३ मा संयुक्त राष्ट्रसंघीय दिगो विकास सहयोग कार्य ढाँचा (युएनएसडिसिएफ २०२३–२०२७) अवलम्बन गरेपछि बसेको नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघीय संयुक्त सञ्चालन समितिको पहिलो बैठकमा २०२४ कार्ययोजनामा युएनएसडिसिएफ कार्य ढाँचाअन्तर्गतका चार प्राथमिकताक्षेत्रबारे छलफल गरिएको छ। 

ती चार क्षेत्रहरू दिगो, उत्थानशील र समावेशी आर्थिक रूपान्तरण, समावेशी तथा रूपान्तरणकारी मानव विकास, वातावरणीय दिगोपन, जलवायु तथा विपत् उत्थानशीलता, संघीयता, सहभागिता, र समावेशीकरण रहेका छन्।

बैठकमा बोल्दै राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्न र १६औँ विकास योजना कार्यान्वयन गर्न उत्सुक छ भन्ने बताए। यस सन्दर्भमा उनले नेपालमा बढी रोजगारीका अवसर सिर्जना गर्न, उत्पादकत्व र उत्पादक क्षमता अभिवृद्धि गर्न, प्राकृतिक स्रोतहरूको दिगो उपयोग प्रवर्द्धन गर्न, प्रमाणमा आधारित नीति निर्माणका लागि तथ्यांक व्यवस्थापन प्रणालीलाई प्रबल बनाउन र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधामा पहुँच बढाउन संयुक्त राष्ट्रसंघबाट स्केलेबल, रूपान्तरणकारी र प्रभावकारी सहयोग चाहन्छ भन्नेमा प्रकाश पारे। 

संयुक्त सञ्चालन समिति बैठकले युएनएसडिसिएफ २०२३–२०२७ का प्राथमिकताहरू नेपालको १६औँ राष्ट्रिय योजनामा उल्लेख प्राथमिकतासँग र दिगो विकास लक्ष्यद्वारा मार्गनिर्देशन गरेअनुसार २०२४ कार्ययोजनामा सह–स्वामित्व सुनिश्चित गर्न रणनीतिक निर्देशन प्रदान गरेको छ। 
 
संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हानासिंगर हाम्दीले राष्ट्रियस्तरमा संयुक्त राष्ट्रसंघीय दिगो विकास सहयोग कार्यढाँचा २०२३–२०२७ संयुक्त राष्ट्रसंघको विकास प्रणाली सुधारको कार्यान्वयनको केन्द्रविन्दुमा रहेको बताए। 

बैठकमा नेपाल सरकारका प्रतिनिधिहरू र नेपालस्थित संयुक्त राष्ट्रसंघ सदस्यहरू उपस्थित थिए। बैठकको नतिजाका रूपमा युएनएसडिसिएफ २०२३–२०२७ अन्तर्गत चार नतिजा क्षेत्रका लागि आगामी वर्षका प्राथमिकतामा सहमति भएको थियो।

आगामी १६औँ राष्ट्रिय योजनामा उल्लिखित र दिगो विकासका लागि संयुक्त राष्ट्रसंघ २०३० एजेन्डाद्वारा निर्देशित भई र राष्ट्रिय प्राथमिकताहरूसँग प्रतिबद्धता सुनिश्चित गर्न सहयोग ढाँचाको विकास र कार्यान्वयनको रणनीतिक निरीक्षण प्रदान गर्दछ।

ad
ad