१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माघ ७ गते पूर्वराजा ज्ञानेन्द्र शाह हेटौँडा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१५:oo

पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ ७ गते बागमती प्रदेशको राजधानी हेटौँडा आउने भएका छन् । पूर्वराजा शाहको हेटौँडा भ्रमणबारे बुधबार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर र रिपोर्टर्स क्लब नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले पूर्वराजा शाहले हेटौँडाका विभिन्न धार्मिक स्थलको अवलोकनसहित पूजाआजा गर्नुका साथै शुभेच्छुक र समर्थकहरूसँग भेट गर्ने जानकारी दिए । नेता सिंहका अनुसार पूर्वराजा ज्ञानेन्द्रले हेटौँडाको चुरियामाई मन्दिर, हेटौँडा– १० मा रहेको भुटनदेवी मन्दिर र हेटौँडा– १३ पदमपोखरीमा रहेको ज्याङछुपलिङ पोतला गुम्बाको अवलोकनसहित पूजाआज गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, पूर्वराजा शाहले पैदलयात्रासहित धार्मिक अवलोकन भ्रमण गर्ने र हेटौँडा– ५ मा रहेको हेटौँडा रिसोर्टमा मकवानपुरका उद्योगी, व्यवसायी, शुभेच्छुक तथा पत्रकारहरूसँग समेत भेटघाट गर्ने जानकारी दिए ।

पूर्वराजा शाहको हेटौँडामा स्वागतका लागि नेता सिंहको संयोजकत्वमा मूल समारोह समिति तथा उपसमितिहरू पनि गठन गरिएको छ । पूर्वराजा शाहलाई एक हजार एक सय ११ जनाले स्वागत गर्ने कार्यक्रम तय भएको नेता सिंहले बताए । 

ad
ad