१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल र चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको पनि बताएका छन् । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झांगिँदै गएको प्रधानमन्त्रीको भनाइ छ । ‘हामीले असल मित्रका रूपमा एक–अर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ,’ चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आइतबार आयोजित समारोहमा प्रधानमन्त्रीले भने, ‘दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका छन् ।’

उनले ताइवान चीनकै अभिन्न अंग भएको पनि बताए । आफ्नो चीन भ्रमणका वेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘ताइवान चीनकै अभिन्न अंग हो । ताइवान स्वतन्त्रताका सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ ।’ उनले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारे ।

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस सम्बन्धमा सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताए । ‘आन्तरिक तथा बाह्य मामिलामा आएको बदलावबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन,’ उनले भने, ‘संस्कृति र परम्पराले हामी एकापसमा बाँधिएका छौँ । संस्कृति र परम्पराले नै दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउनेछ ।’ नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपाल रणनीतिक साझेदार भएको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’अन्तर्गत विकासमा साझेदारी गर्न चीन प्रतिबद्ध रहेको धारणा राखे । 

ad
ad