१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोदावरीधाममा मकर मेला सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:३५:oo

कैलालीको गोदावरी नगरपालिका– ५ स्थित गोदावरीधाममा बाह्रराशि दर्शन मकरमेला सुरु भएको छ। गोदावरीधाम विकास समितिको आयोजनामा आजदेखि सुरु भएको मेला आगामी माघ १२ गतेसम्म सञ्चालन हुनेछ।

धार्मिक तथा पर्यटकीयस्थल गोदावरीधाममा पर्यटकीय चहलपहल बढाउने तथा यस क्षेत्रको प्रचारप्रसारमा मेला सहयोगी हुने विश्वासका साथ आयोजना गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताए। ‘मेलामा स्नान कुण्ड, कुम्भ बाटिकाको परिसर र बाटोको उचित व्यवस्थापन गरेका छौँ। खानेपानी र बिजुली बत्तीको पनि व्यवस्था मिलाएका छौँ,’ उनले भने। 

‘मेलामा बाह्रराशि, नवग्रह, २७ नक्षेत्रको स्थापना गर्नुका साथै लक्ष्य हवन गरिन्छ’, अध्यक्ष जोशीले भने, ‘ ग्रहपूजा तथा ग्रहशान्ति, भजनकीर्तन, प्रवचन तथा कविता गोष्ठी गरिनेछ।’ 

मेलामा सुदूरपश्चिमका नौवटै जिल्ला, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने उनको भनाइ थियो। माघेसंक्रान्तिका दिन गोदावरी नगरपालिकाले अत्तरिया बजारदेखि गोदावरीधामसम्म भक्तजनका लागि निःशुल्क बसको व्यवस्था गरेको नगरप्रमुख वीरेन्द्र भट्टले जानकारी दिए। 

गोदावरीधाममा प्रत्येक वर्ष बाह्रराशि दर्शन मकरमेला लाग्ने गर्दछ। प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक १२ वर्षमा महाकुम्भ मेला लाग्ने गरेको गोदावरीधाम विकास समितिले जनाएको छ। रासस 
 

ad
ad