१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २८ शनिबार
  • Sunday, 29 September, 2024
२o८o पौष २८ शनिबार १३:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनपरी सडक खन्दा खार्पुनाथकाे डाँडाबाडा गाउँ जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २८ शनिबार १३:१८:oo

हुम्लाको खार्पुनाथ गाउँपालिका– ५ स्थित  याङचु गाउँ सडकका कारण उच्च  जोखिममा परेको छ। कालापानी–लुमखोला–जाजरकोट सडक निर्माणले याङचु डाँडाबाडाको ३७ घर उच्च जोखिममा परेका हुन्।

पूर्वाधार विकास कार्यालयबाट निर्माण हुँदै आएको सडकले  डाँडाबाडा गाउँ नै जोखिममा परेको खार्पुनाथ गाउँपालिका– ५ का स्थानीय बालकृष्ण शाहीले बताए।

स्थानीयवासीसँग समन्वय नगरी कार्यालयले मनपरी सर्भे गरी सडक खनेपछि डाँडाबाडा गाउँ पहिरोको उच्च जोखिममा छ। चिलखोल्यासको मुहानबाट ल्याएको पानीको पाइप भत्केको छ भने लुमखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।

डाँडाबाडा उच्च जोखिममा परेका खार्पुनाथ गाउँपालिका– ५ का हस्तबहादुर शाहीले गुनासो गरे। लुमखोला जलविद्युतको पावर हाउस, खानेपानी पाइप, र पशुवस्तु चरी-चरन गर्न लैजाने बाटोमा पनि क्षति गरेको शाहीले बताए। 

स्थानीय सरकारसमेत यस विषयमा मौन बसेको शाहीको गुनासो छ। ‘पूर्वाधार विकास कार्यालयले बनाएको सडक याङ्चु हुँदै  दुर्पा गाउँ जोड्ने भनिएको थियो,’ उनले भने, ‘त्यो सडक कालापानी–लुमखोला–जाजरकोट हुँदै खार्पुनाथ गाउँपालिका–५ को भकुन्डा जाने रहेछ।’

उक्त सडक कालापानी–लुमखोला हुँदै जाकोट जाने बताइए पनि पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसी सडक मारगोरसम्म जाने बताउँछन्। उनी भन्छन्, ‘एकसाता पहिला विवाद भएर मिलेको थियो। अहिले फेरि विवाद भएर काम रोक्न पठाएको छु। म पनि काम विशेषले जिल्लाबाहिर छु।’