१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राप्ती दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५६:oo

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहाह बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । 

सबै शव लमहीस्थित अस्पतालमा पठाइएको छ ।  २३ जनालाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाउने तयारी छ । 

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे। १ख ३९१२ नम्बरको यात्रु बस पुलबाट खसेको हो । अहिले प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । बस तीव्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।
 

ad
ad