१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

कवि उपेन्द्र त्रिपाठीको एकल कविता वाचन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:३३:oo

कवि उपेन्द्र त्रिपाठीले एकल कविता वाचन गरेका छन्। ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा ‘सम्पूर्ण किताब’ नारायणगढमा कवि त्रिपाठीका कविता सुन्ने कार्यक्रम राखिएको थियो।

कार्यक्रमको सुरुवातमा त्रिपाठीले ‘म सधैँ बाँच्दिनँ छोरा’ शीर्षकको कविता प्रस्तुत गरे। छोरालाई सम्झेर लेखिएको कवितामा बुबाको जिम्मेवारी र कर्तव्यलाई कवि त्रिपाठीले चित्रण गरेका थिए। 

त्यसपछि उनले मधेशी साथीलाई सम्बोधन गरी लेखेको ‘साउने झरीबीच मधेशी साथमा एक चिट्ठी’ कविता प्रस्तुत गरे। तेस्रो कवितास्वरूप उनले ‘व्यथा पुरुष हुनुको’ सुनाए। कवितामा पुरुष भएर भोग्नुपरेका समस्यालाई उनले चित्रण गरेका छन्।

त्यसपछि उनले ‘ती पहिलो वैज्ञानिकहरूका नाम’ र ‘निक्ल नयाँ यात्रामा’ शीर्षकका कविता सुनाए। पहिलो चरणमा छैटौँ कवितास्वरूप उनले ‘फरक छ’ शीर्षकको कविता सुनाए।

६ वटा कविता प्रस्तुत भइसकेपछि कवि त्रिपाठीलाई मनोजविक्रम विष्ट र प्रेम कँडेलले वाचनमा सहयोग गरे। विष्टले त्रिपाठीको ‘भट्टी’ र कँडेलले ‘गाँठी कुरो’ शीर्षकको कविता प्रस्तुत गरे।

दोस्रो चरणमा पनि कवि त्रिपाठीले ६ वटा कविता प्रस्तुत गरे। ‘माटो’ शीर्षकको कवितामार्फत उनले पाषाण युगदेखि अहिलेसम्म माटोको महत्त्वबारे चर्चा गरे। त्यसपछि उनले ‘कौसी’ शीर्षकको कविता सुनाए। यो कवितामा उनले प्रणय भावलाई उतारेका थिए। उनले ‘दुखिया बापुको गुनासो’, ‘मन’ र ‘उनी माइत हिँडेपछि’लगायतका कविता सुनाए।

कार्यक्रममा त्रिपाठीले कुल १२ वटा कविता प्रस्तुत गरे। भरतपुर– ७ निवासी कवि त्रिपाठीको पहिलो कवितासंग्रह प्रकाशनको तयारीमा छ।

कार्यक्रममा डाक्टर धनेश्वर भट्टराईले पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसका सन्दर्भमा चर्चा गरेका थिए। त्यसैगरी, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंले मन्तव्य राखेका थिए। 

सम्पूर्ण किताबका लेखराम सापकोटाले अध्यक्षता गरेको कार्यक्रमलाई ‘अक्षर समूह’ चितवनका अध्यक्ष रमेश प्रभातले सहजीकरण गरेका थिए।

ad
ad