१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

उत्तरी गाजामा त्रासदीपूर्ण अवस्था छ : संयुक्त राष्ट्रसंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:४२:oo

संयुक्त राष्ट्रसंघका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वाभाविक रूपमा बिग्रँदै गएको मानवीय संकटलाई प्रकाश पार्दै राहत कार्यमा अवरोधहरू खडा भएको बताएका छन्।

नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले ‘जनवरी १–१० बीचमा खाद्यान्न, औषधि, पानी र अन्य जीवन उपयोगी  सहायता मात्रै वितरण भएको जनाएका हुन्।

गाजा सहरमा चिकित्सा आपूर्ति तथा गाजा सहर र उत्तरमा पानी र सरसफाइ सुविधालगायत इन्धन समावेश गरिएको छ। यसलाई इजरायली अधिकारीहरूले भने अस्वीकार गरेका थिए।

डुजारिकले हालको अवस्थालाई अघिल्लो महिनाहरूसँग तुलना गर्दै सहायता पहुँचमा उल्लेखनीय गिरावट रहेको उल्लेख गरे। गत वर्षको डिसेम्बरको दरको तुलनामा जनवरीमा अहिलेसम्म देखिएको पहुँच दरमा उल्लेखनीय ह्रास देखिएको उनको भनाइ छ।

डिसेम्बरमा ७० प्रतिशतभन्दा बढी जनवरीको सुरुमा १४ प्रतिशतको दरमा गिरावट आएको उल्लेख उनले उल्लेख गरे। विविद अवरोधको मानवीय लागतलाई उजागर गर्दै, डुजारिकले हरेक दिन उत्तरी गाजामा रहेका लाखौँ मानिसको ज्यान गुमाउने पीडामा मद्दत गर्न असमर्थ भएको उल्लेख गरे।

यसैगरी संयुक्त राष्ट्रसंघ आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले गाजाको स्वास्थ्य क्षेत्रको सामाजिक अवस्था चित्रण गर्दै गाजामा स्वास्थ्य क्षेत्र बिस्तारै निसासिएको बताए।

त्यसको भयावह नतिजाबारे उल्लेख गर्दे उनले गर्भवती आमाले सुरक्षित रूपमा बच्चा जन्माउन नसक्ने, बालबालिकालाई खोप लगाउन नसक्ने, बिरामी तथा घाइतेले उपचार नपाउने अवस्थाको कारण मानिसको मृत्यु भइरहेको जानकारी गराए। युद्ध नियमको बाबजुद पनि मानवीय पक्षको दृष्टिकोणबाट त्यहाँका नागरिकको आवश्यक सुरक्षा गर्नु अत्यावश्यक रहेको उनको भनाइ थियो। 

ad
ad