१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
जलेश्वर नगरपालिका– ३ मलिबारा र भारत बिहारको सीतामढी जिल्लाअन्तर्गतको भिठामोड नाकामा भारतले निर्माण गरिरहेको आइसिपी  
रञ्जन भण्डारी महाेत्तरी
२o८१ बैशाख १९ बुधबार १o:११:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दशगजा मिचेर भारतले पर्खाल लगाएकाे आशंकापछि आइसिपी निर्माण विवादमा

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:११:oo

सीमा मिचिएकाे आशंकामा नेपालले लगायो रोक

महोत्तरीको सीमा क्षेत्रमा भारतले निर्माण अघि बढाएको एकीकृत जाँच चौकी (आइसिपी) विवादमा परेको छ । भारतले दशगजा क्षेत्रमा पर्खाल बनाएकाे आशंकापछि नेपालले निर्माण प्रक्रियामा रोक लगाएको छ । 

जलेश्वर नगरपालिका– ३ मलिबारा र भारत बिहारको सीतामढी जिल्लाअन्तर्गतको भिठामोडस्थित नाकामा भारतले करिब ३३ एकड जग्गामा आइसिपी निर्माण गरिरहेको छ । पहिलो चरणमा जग्गाको चारैतिर पर्खाल लगाएकोमा दशगजा क्षेत्र छोएको शंकापछि नेपालले निर्माणमा रोक लगाएको हो । दशगजा क्षेत्र यकिन गरेर मात्र निर्माण नियमित गर्न दिने नेपालको तयारी छ । 

शिवराम गेलाल सिडिओ, महोत्तरी
दशगजा क्षेत्रको विषयमा प्राविधिक टोलीको सहयोग लिएर सीमा यकिन गर्न खोजिएको हो । सीमाको दुईतर्फ (९.१ मिटर/९.१ मिटर) क्षेत्र दशगजा रहेकोमा भारतले सोही क्षेत्र छोएर आइसिपी बनाउन खोजेपछि सीमा यकिन आवश्यक भएकाले गृह मन्त्रालयमा पत्राचार गरिएको छ ।

नेपाल र भारतबीच खुला सीमा र सीमास्तम्भहरू टाढा–टाढा हुँदा दशगजा क्षेत्र यकिन गर्न समस्या भएको स्थानीय अधिकारीहरूको भनाइ छ । नेपालका सुरक्षा अधिकारीले भारतले बनाउन लागेको पर्खाल दशगजा क्षेत्रमै पर्ने दाबी गरेका छन् । जिल्ला प्रशासन कार्यालय, महोत्तरीको निर्देशनमा सशस्त्र प्रहरीले निर्माण कार्यमा रोक लगाएको हो । महोत्तरीका सिडिओ शिवराम गेलालले यस विषयमा गृह मन्त्रालयलाई पत्राचार गर्दै प्राविधिक टोली पठाई सीमा यकिन गरिदिन आग्रह गरेका छन् । 

गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सीमा क्षेत्रको यस्तो विवाद परराष्ट्रसचिवस्तरको संयन्त्रबाट समाधान गर्ने भनिए पनि सो संयन्त्र निष्क्रियजस्तै छ । 

रातु नदीको पश्चिमतर्फ निर्माण हुन लागेको आइसिपीले नदीको बहावलाई प्रभाव नपार्ने भएकाले नदी क्षेत्रतर्फ भने समस्या छैन । दशगजा क्षेत्रको विषयमा प्राविधिक टोलीको सहयोग लिएर सीमा यकिन गर्न खोजिएको सिडिओ गेलालले बताए । सीमाको दुईतर्फ (९.१ मिटर/९.१ मिटर) क्षेत्र दशगजा रहेकोमा भारतले सोही क्षेत्र छोएर आइसिपी बनाउन खोजेपछि सीमा यकिन आवश्यक भएको उनको भनाइ छ । 

दशगजा क्षेत्रमा कुनै पनि पक्षले निर्माणको काम गर्न पाउँदैन । नेपालले भारतलाई दशगजाभन्दा केही पर मात्रै आइसिपी बनाउन आग्रह गरेको थियो । तर, भारतीय पक्षले त्यहीँ बनाउनुपर्ने बताएपछि आफूहरूले सीमा यकिन गर्न केही समय कुर्न आग्रह गर्दै केन्द्रबाटै प्राविधिक टोली ल्याउन खोजेको सिडिओ गेलालले बताए । 

भारतले एक अर्ब भारतीय रुपैयाँको लागतमा आइसिपी निर्माण सुरु गरेको छ । पर्खाल दशगजातर्फ बनाउन थालेपछि नेपाली सुरक्षा टोलीले तत्काल नेपालतर्फको पर्खाल लगाउन रोकेको हो । नेपालले काम रोकेपछि सीमातर्फको पर्खालको कार्य तत्काल छोडेर अन्य विवाद नभएको स्थानको काम भने भारतले जारी राखेको छ । विवाद भएको क्षेत्रमा छिटो समाधान खोज्न उसले नेपाललाई ताकेता गरिरहेको छ । 

तर, नेपालतर्फ आइसिपी निर्माणको काम भने सुरु नै हुन सकेको छैन । जग्गा अधिग्रहण र मुअब्जा वितरणको कार्य बाँकी नै रहेकाले कहिले निर्माण सुरु हुने भन्ने यकिन नरहेको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताए । 

ad
ad