१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ २ बुधबार १३:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्कुलबसको ठक्करले तीन वर्षीय बालकको मृत्यु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:५३:oo

बसको ठक्करले कञ्चनपुर बनकट्टीका एक बालकको मृत्यु भएको छ। विद्यालयको बसले ठक्कर दिँदा भीमदत्त नगरपालिका– १४ बनकट्टी पलियाका तीन वर्षीय बालकको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले विद्यालयको बसले बनकट्टीका तीन वर्षीय कार्तिक कुँवरको बिहीबार साँझ निधन भएको बताए। 

प्रवक्ता डाँगीका अनुसार भीमदत्त नगरपालिका– ४ गोबरैयास्थित एस पब्लिक विद्यालयको से.१क ९९९ नम्बरको बसको ठक्करले घाइते भएका बालकको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ। बालकको शव महाकाली अस्पतालमा राखिएको छ।
 
उक्त विद्यालयको बस मृतक बालककी दिदी पुर्‍याउन गएका वेला दुर्घटना भएको प्रवक्ता डाँगीले बताए। बसचालक रामबहादुर थापा र बस प्रहरी नियन्त्रणमा छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


 

ad
ad