१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफले गर्‍यो एमडिआरटी अचिभर्सबाट ११६ जनालाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४१:oo

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एमडिआरटी अचिभर्स अवार्ड सम्पन्न गरेको छ । सन् २०२३ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा एमडिआरटी २०२४ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरेको कम्पनीले जनाएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ‘पराक्रमी गति, आक्रामक नीति’ भन्ने नारासहित कम्पनीले मनाइरहेको सार्क वर्ष ०८०/८१ को उद्देश्यलाई शिरोधार्य गर्दै व्यवसाय विस्तारमा लाग्न सम्पूर्ण अभिकर्तालाई आग्रह गरे । बिमा बजारको एकचौथाईभन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आमनागरिकबीच बिमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रहसमेत गरेका छन् । 

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण अभिकर्तालाई धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्तालाई मनन गर्दै आमनेपाली नागरिकलाई बिमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बिमा बजारमा प्रचुर सम्भावना रहेको बताए । 

ad
ad