१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २४ सोमबार १५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नियन्त्रणमा लिएका ई-रिक्सा नष्ट गर्दै नेपालगन्ज उपमहानगर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:५६:oo

नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रूपमा सञ्चालित ई–रिक्सा नष्ट गर्न सुरु गरेको छ। लामो समयदेखि ई–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई–रिक्सा नष्ट गर्न थालेको हो।

गत मंसिर १९ गतेदेखि अवैध रूपमा सञ्चालित ई–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मंगलबार पाँच ई–रिक्सा नष्ट गरेको छ। आवश्यक कागजात नभएका ती ई–रिक्सा प्राविधिक जाँच गरी एक्स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो।

नष्ट गरिएका ई–रिक्सामा भे.१ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरका रहेका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए। यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई–रिक्साधनी तथा चालककै राेहवरमा कागजात अद्यावधिक भए–नभएका, चेसिज नम्बर मिले–नमिलेको वा भए–नभएको प्राविधिक जाँच गरेका थिए।

उपमहानगरपालिकाले ई–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पुर्‍याउन आग्रह गरेको थियो। नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर ई–रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिइएको थियो। नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध रूपमा सञ्चालित ई–रिक्सा पूर्ण रूपमा सञ्चालनमा प्रतिबन्ध लगाउने अभियानमा उपमहानगरपालिका दृढ भएर लागेको बताए।

उपमहानगरपालिकाले हालसम्म ६ सय २३ ई–रिक्सा नियन्त्रण लिएको छ। तीमध्ये आवश्यक कागजात र प्रक्रिया पुर्‍याएपछि पाँच सय ३८ ई–रिक्सा फिर्ता भएका छन्। अझै पनि ८५ ई–रिक्सा नियन्त्रणमै छन्। ती ई–रिक्सामाथि पनि छानबिन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताए। रासस

 

ad
ad