१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
धारिलो हतियार प्रहारबाट घाइते भएका भलिवल खेलाडी विशाल कार्की
२o८१ बैशाख २१ शुक्रबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रनिङ सिल्ड खेल्न गएका विद्यार्थीमाथि धारिलो हतियार प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३८:oo

घटनामा संलग्न  ६ जना प्रहरीकाे नियन्त्रणमा

बैतडीको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ ।दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार राति केदार मावि, पीपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो ।

हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएका छ । सोमबार साँझ पौने सात बजे उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका ६ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले जानकारी दिए । 

‘छिमेकी पालिका डिलाशैनीबाट खेल हेर्न आएका केही युवाले खेलाडीमाथि सोमबार साँझ आक्रमण गरेको खबर आएको थियो । प्रहरीले राति साढे १० बजेसम्म ६ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ,’ प्रहरी निरीक्षक जोशीले भने । 

पक्राउ गरिएकाहरूलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । स्थानीयका अनुसार राष्ट्रपति रनिङ सिल्डमा सहभागी एक छात्राबारे दुई समूहबीच विवाद भएको थियो । 

सोमबारको खेल सकिएलगत्तै विद्यार्थीको समूह र खेल हेर्न आएका युवाबीच मञ्चको पछाडि झडप भएको स्थानीय वीरेन्द्र कार्कीले बताए । त्यसपछि चमेलियाको पुलपारि दुवै समूहबीच पुनः झगडा हुँदा विद्यार्थी घाइते भएका हुन् ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले रातिको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनले मंगलबार बिहानैदेखि खेल नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए । 
 

ad
ad