१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २३ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २३ सोमबार १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष तिमिल्सिना र आयरल्यान्डकाे माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

हवाई प्रतिबन्ध खुल्ला गर्न पहल गरिदिन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २३ सोमबार १६:११:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्यान्डको माथिल्लो सभा साअनड एरेनका अध्यक्ष  जेरी बट्टिमरबीच भेटवार्ता भएको छ।

नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएकका अध्यक्ष बट्टिमरले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुला गरिदिन आग्रह गरे। उनले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्यान्ड इयूको सक्रिय सदस्य भएकाले नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल र परिणाम आउने कुरामा विश्वस्त रहेको उल्लेख गरे।

अध्यक्ष तिमिल्सिनाले आयरल्यान्डमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र समृद्धिमा लगाउन सकिने विश्वास व्यक्त गरे।

भेटवार्ताका क्रममा आयरल्यान्डका माथिल्लो सदनका अध्यक्ष बट्टिमरले  आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने विषयमा संवाद र छलफल अघि बढाउने विश्वास दिलाए।

अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान नेपाल आएका हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख देवराज घिमिरे र परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।