१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यी हुन् राष्ट्रिय सभामा माओवादीबाट उम्मेदवार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:५१:oo

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारूढ दल नेकपा माओवादी केन्द्रले उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंग्याएपछि माओवादी केन्द्रले उम्मेदवारकाे नाम टुंगो लगाएको हो। 

सिट संख्यामा सहमति भएसँगै माओवादी केन्द्रले ६ प्रदेशबाट ६ जनाको नाम सिफारिस गरेको हो। यसमा कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृणप्रसाद अधिकारी, गण्डकीबाट मनरूपा शर्मा सुवेदी, लुम्बिनीबाट झक्कुप्रसाद सुवेदी, कर्णालीबाट विष्णु विक र सुदूरपश्चिमबाट रेणु चन्दको नाम सिफरिस भएको छ। 

आजको बैठकले कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको थियाे। बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। 

ad
ad