१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार १६:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्लाहीको बरहथवा तनावग्रस्त, एक प्रदर्शनकारीको मृत्यु  

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५१:oo

सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर भएको प्रदर्शनमा एकजनाको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन्। आन्दोलनकारी समूहमा रहेका अन्दाजी ३०–३२ वर्षका बरहथवा नगरपालिका– ६ निवासी जयशंकर साहको मृत्यु भएको हो। 

साहको टाउकोमा गहिरो चोट रहेको स्थानीयको भनाइ छ। स्थानीयले मृतकको टाउकोमा गोली लागेको दाबी गरे पनि स्थानीय प्रशासनले गोली लागेर आन्दोलनकारीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छैन। घटनापछि बरहथवा बजार क्षेत्रको स्थिति थप तनावपूर्ण बनेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपेन्द्र पञ्जियारले आन्दोलनकारीको मृत्युको कारण नखुलेको बताए। गोली चलाउनुपर्ने अवस्था सिर्जना भएकै थिएन। डिएसपी पञ्जियारले भने, ‘हामीले केही राउन्ड अश्रुग्यास र हवाईफयर मात्र गरेका छौँ ।’ 

तर, स्थानीयले बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालको घरका आगजनी गर्ने क्रममा प्रहरीको गोली लागेको दाबी गरेका छन् । प्रहरीले भिड तितरबितर पार्न चलाएका गोली दुईजना आन्दोलनकारीलाई लागेको स्थानीयले बताए। नगर अस्पताल प्रदेशमातहतमा लैजानुपर्ने भन्दै आन्दोलित भएका नेपाली कांग्रेससहित पाँच दलले शुक्रबार बरहथवा बजार बन्दको घोषणा गरेर आन्दोलित भएका थिए। 

आन्दोलनकारीले पहिला नगरपालिका कार्यालयमा ढुंगामुढा गरेर तोडफोड गरेका थिए। यस्तै, घटनामा अर्का एकजना बरहथवा नगरपालिका– ८ निवासी अभिषेक राम घाइते भएका छन्। उनकाे खुट्टामा गोली लागेको आन्दोलनकारीको भनाइ छ। 

नगरपालिका तोडफोडपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर तितरबितर पारेको भिड मेयर कटुवालको घरमा आगजनी गर्न पुगेकाे र सोही क्रममा प्रहरीले गोली चलाएको स्राेतको दाबी छ। 
अहिले घटनास्थल नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको हो। नगरपालिका कार्यालयमा ढुंगामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरी स्राे तले जनाएको हो।

आन्दोलनकारीले गरेको आगजनीबाट मेयर कटुवालको घरमा समेत क्षति पुगेको छ। आन्दोलनकारी कसकाे नेतृत्वमा थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको हो। आन्दोलनकारीले मेयर कटुवालको घरअगाडि रोडमा टायर बालेर प्रदर्शन गर्नुका साथै केही निजी सवारीमा समेत आगजनी गरेकाे बुझिएको छ। आगजनीबाट एउटा भारतीय नम्बर प्लेटको कार जलेकाे छ।

आन्दोलनको कारण यस्तो थियो

बरहथवा नगरपालिका–६ मा निर्माण सम्पन्न १५ शय्याको नगर अस्पताललाई नगरमातहत राख्ने र प्रदेशको मातहत गाभ्नुपर्ने विषयमा विवाद हुँदै आएको थियो। 

सोही विषयलाई लिएर नगर कार्यपालिकाका प्रतिनिधिबीचमा समेत विवाद रहेको थियो । नेकपा एमालेबाट निर्वाचित नगर कार्यपालिकामा सदस्य अस्पताल नगरपालिकामातहतमा राख्नुपर्ने र नेपाली कांग्रेससहित अन्य दलबाट निर्वाचित कार्यपालिका सदस्यहरू अस्पताल प्रदेशमातहतमा लैजानुपर्ने अडानमा देखिएका थिए । विवादमा नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनसमेत सामेल भएकाे थियाे। 
 
केही समय पहिला नगर अस्पताल ५० शय्याको अस्पतालमा स्तराेन्नति गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यपालिकाबाट निर्णय भएको थियो। उक्त निर्णयबाट कार्यपालिकाका बहुसंख्यक सदस्य पछि हटेपछि विवाद सिर्जना भएको स्राेतको दाबी छ।

ad
ad