१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१८ लाख नक्कली नोटसहित रौतहटबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:oo:oo

नेपाली नक्कली रुपैयाँसहित रौतहटबाट एकजना पक्राउ परेका छन् ।  प्रहरीले १८ लाख रुपैयाँभन्दा बढीको नेपाली नक्कली नोटसहित रौतहटका एक युवकलाई पक्राउ गरेको हो ।

रौतहटको देवाही गोनाही नगरपालिका– ८ पटेल चोकबाट गुजरा नगरपालिका– ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाललाई १८ लाख ४३ हजार नक्कली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

सवारी चेकजाँचको क्रममा प्रहरीले जयसवालको साथबाट एक हजार आठ सय ४३ थान एक हजार दरको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

पछिल्लो समय रौतहटका विभिन्न ग्रामीण बजारबाट फाटफुट रूपमा नक्कली नोटहरू बरामद हुन थालेपछि प्रहरीले आफ्नो संयन्त्र प्रयोग गर्दै गोप्य सूचनाका आधारमा सो रकम बरामद गरेको हो । 

नक्कली नोटसहित पक्राउ परेका जयसवाललाई मुद्रासम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको डिएसपी गिरीले बताइन् ।

जयसवालको साथबाट विभिन्न बैंकको पाँच थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेकसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसअघि पनि प्रहरीले शिवनगर मेलाबाट भारतीय नोटसहित चारजना, गरुडा नगरपालिका– ४ बाट हजार दरका सात थान नक्कली नोटसहित तीनजना र बालचनपुरबाट हजार दरको २० थान नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको थियो ।

 

ad
ad