१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २१ शुक्रबार १४:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनकपुरबाट सुनका गरगहनासहितको भार अयोध्या पठाइयो

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:१३:oo

अयोध्यामा निर्माण राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामबाट आज भार पठाइएको छ।

बिहीबार बिहान मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका नेता विमलेन्द्र निधिसहितले भार टोलीलाई बिदाइ गरेका छन्।

हिजो साँझदेखि जनकपुरधाम नगरवासीले आफ्ना–आफ्ना घरबाट ल्याएका भार कोसेली जानकी मन्दिरपरिसरमा संकलन गरिएको थियो। करिब १५ सयभन्दा बढी भार अयोध्या पठाइएको छ। भारसँगै यहाँ उद्याेगी–व्यापारीले तथा नागरिकले सुनचाँदीका गरगहनासमेत पठाएका छन्।

अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधाम उपमहानगरका मेयर मनोजकुमार साह, महन्त रामतपेश्वर दासको संरक्षक रहेको भार टोलीको नेतृत्व जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले गरिरहेका छन्।

भार लिएर जनकपुरधामको परिक्रमा गर्दै जलेश्वर जाने र त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै वीरगन्जमा रात्रि वास बस्ने जानकारी दिए।

त्यसकाे भोलिपल्ट रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने बताए। त्यसपछि अर्को दिन ६ तारिक बिहान ९ बजे भारलाई राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने दासले बताए। उनका अनुसार दर्शन गरेकै दिन जनकपुरधामका लागि अयोध्याबाट फर्किने कार्यक्रम छ। 

 

ad
ad