१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कावासोतीमा गैँडा आक्रमणबाट महताे गम्भीर घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:२२:oo

पूर्वी नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाको आक्रमणमा परी नवलपुरको कावासोती– ७ निवासी पतिराम महतो गम्भीर घाइते भएका हुन्। उनको दाहिने खुट्टामा चोट लागेको छ।

आज बिहान १० बजेतिर कावासोती– ८ को मनकामना सामुदायिक वनमा दाउरा खोज्ने क्रममा महतोलाई गैँडाले आक्रमण गरी घाइते बनाएको हो।

उनको कालीगण्डकी नारायणी सामुदायिक अस्पताल कावासोतीमा उपचार भइरहेको छ। नवलपुरमा पछिल्लो समय जंगली जनावरको आतंक बढेको छ। 

नवलपुरको हुप्सेकोटमा दुई दिनअघि बाघले चारवटा बाख्रा मारेको थियो भने एक साताअघि विनयी त्रिवेणी– १ मा बाघकै आक्रमणमा परी सासूबुहारीको निधन भएको थियो।

ad
ad