मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १७ मंगलबार
  • Thursday, 19 December, 2024
रासस काठमाडौं
२o८o पौष १७ मंगलबार १४:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १७ मंगलबार १४:५५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्ला जिल्लाको समग्र विकासका लागि सरकारले उच्च महत्व दिएको बताएका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार माओवादी केन्द्रका जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

स्थानीयवासीको मागअनुसार सिञ्जा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापनाका लागि सरकारले आवश्यक निर्णय गर्ने आश्वासन दिएका भेटमा सहभागी पत्रकार मनऋषि धितालले जानकारी दिए।

सो अवसरमा माओवादी केन्द्रका जिल्ला नेतृत्वले पार्टीले चलाएको तीनमहिने अभियानबारे जानकारी गराएको थियो। गाउँ–गाउँमा संगठन विस्तार तथा सरकारको कामकारबाहीलाई समेत जनस्तरमा पुर्‍याएको जनाउँदै अभियान सार्थक बनेकोसमेत पार्टी अध्यक्षलाई जानकारी गराइएको उनको भनाइ छ।

यस्तै, आसन्न राष्ट्रिय सभाको निर्वाचनमा जुम्ला जिल्लाबाट प्रतिनिधित्व गराइदिन आग्रह गरिएको थियो।