१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले होमस्टे भरिभराउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:२५:oo

अंग्रेजी नयाँ वर्ष २०२४ मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटकले लमजुङका होमस्टे भरिभराउ भएका छन्। अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि यहाँका होमस्टेमा आउने स्वदेशी पर्यटकको संख्या पनि बढ्दै गएको छ।

विदेशी पर्यटकको नयाँ वर्ष मनाउने गन्तव्यस्थल पनि होमस्टे नै बनेको छ। सार्क राष्ट्रकै नमुना स्मार्ट भिलेज घले गाउँ, नेपालकै नमुना गाउँ काउलेपानी र पर्यटकीय गाउँ राइनासकोटमा रहेका होमस्टे यतिवेला पर्यटकले भरिएका छन्।

सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँमा नयाँ वर्ष मनाउन दुई दिनअघिदेखि पर्यटक आएका घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घले बताउँछन् । घलेगाउँ आन्तरिक र बाह्य पर्यटकले यतिवेला भरिभराउ छ। ‘नयाँ वर्ष मनाउनका लागि समूह–समूह बनेर पर्यटकहरू हाेमस्टे गाउँ पुगेका छन्,’ काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले भने, ‘गाउँका सबै होमस्टे घरहरू पर्यटकले भरिएका छन्।’ 

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको छ। घलेगाउँ, काउलेपानी र राइनासकोटसहित जिल्लामा सञ्चालित मर्स्याङ्दी गाउँपालिकाको भलामचौर, सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनसहित जिल्लाका एक दर्जनभन्दा बढी होमस्टेमा पर्यटकको संख्या बढेको स्थानीयको भनाइ छ।
 

ad
ad