१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

माओवादीको चारमहिने अभियान सम्पन्न : जनतामा आशा, कार्यकर्तामा उत्साह थपिएको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:१७:oo

सत्तारूढ माओवादीले ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियानलाई भिन्न रूपमा निरन्तरता दिने भएको छ । चारमहिने औपचारिक अभियान भने सोमबार समापन गरिएको छ । वडास्तरबाट थालिएको अभियान पालिकास्तरमा कार्यक्रम गरी समापन गरिएको माओवादीले जनाएको छ । 

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले अभियान प्रभावकारी भएको बताए ।उनका अनुसार अभियानका क्रममा टोलसम्म कमिटी गठन र पुनर्गठन भएका छन् । अधिकांश नेता तथा कार्यकर्ता फिल्डमा खटिएका छन् । सरदर ८० प्रतिशत नेता तथा कार्यकर्ता फिल्डमा खटिएको सापकोटाले जानकारी दिए । ‘यसले नेता तथा कार्यकर्ताको मूल्यांकनका आधार पनि खडा गरेको छ ।’ उनले भने, ‘रूपान्तरणका लागि भव्य आधार खडा गरेको छ । जनतामा आशा, भरोसा पैदा भएको छ ।’

जनताबाट अभियानलाई निरन्तरता दिनुपर्ने र गुसाना सुन्ने र प्रश्नको उत्तर दिने अवस्था भइरहनुपर्ने सुझाव आएको भन्दै उनले अभियानलाई भिन्न रूपमा निरन्तरता दिने बताए । अभियानको क्रममा आएका सुझावलाई समेत समेटेर माओवादीले विधानको मस्यौदा तयार पार्ने भएको छ । मस्यौदालाई तल्ला कमिटीसम्म पुर्‍याएर सुझाव लिने र विधान सम्मेलनबाट निर्णय लिने माओवादीको तयारी छ । ‘मस्यौदा समितिले तयार पारेको विधान मस्यौदालाई वडा तहसम्म पठाइन्छ । सबैको राय, सल्लाह लिएर अगाडि बढ्छौँ,’ सापकोटाले भने, ‘विधान सम्मेलनमा जाँदासम्म बहस हुन्छ । त्यसपछि हामी विशेष महाधिवेशनतर्फ जान्छौँ । त्यहाँ महान् बहस हुन्छ ।’

सरकारले गरेका काम तल्लो तहसम्म पुर्‍याउन अभियान सफल भएको माओवादीको प्रारम्भिक निष्कर्ष छ । जनताले सुशासन र समृद्धिको यात्रालाई प्रभावकारी रूपमा अगाडि बढाउन सुझाव दिएका छन् । 

ad
ad