१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:१६:oo

आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालय हेटौँडा उपमहानगरपालिका– ५ मा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको हो।

सात प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने रिक्त २० जना सदस्यमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ। जसमध्ये बागमती प्रदेशबाट विभिन्न क्षेत्र (क्लस्टर)का गरी राष्ट्रिय सभा सदस्यमा चारजना सदस्य निर्वाचित हुनेछन्।

मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार बागमती प्रदेशमा एक सय १० जना प्रदेश सभा सदस्य र दुई सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी तीन सय ४७ जना मतदाता छन्। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान भने हेटौँडा– ४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ‘एफ’ ब्लकमा हुनेछ।

ad
ad