१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:५३:oo

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ। मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिका– २ स्थित खैरीखोला सुरक्षा पोस्टनजिकै आज उक्त सकेट बम फेला परेको हो। 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट बम फेला पारेको हो।  

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झन्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको हो। अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। रासस 

 

ad
ad