१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २२:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

पुसको चिसोमा फुटबलको गर्मी (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:१८:oo

पुस लागेसँगै काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ । दिनको तुलनामा बिहान र साँझ–बेलुकी कठ्यांग्रिने चिसो छ । तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको माहोल भने बिलकुल भिन्न छ । जब साँझ पर्छ, रंगशाला दर्शकको हुटिङ, थपडी र अनेकथरी गाजाबाजाका आवाजले गुन्जिन्छ । 

कारण हुन्, करिब महिना दिनदेखि चलिरहेको नेपाल सुपर लिगको दोस्रो संस्करणका खेल । सोमबार पनि त्यस्तै भयो । 

एनएसएलको पहिलो क्वालिफायर भिड्दै थिए, धनगढी एफसी र पोखरा थन्डर्स । दुवै हजारौँ समर्थक भएका टिम । त्यसैले सोमबारको साँझ चिसोको पर्वाह नगरी दशरथ रंगशाला पुगेका थिए । 

खेलको पाँच मिनेटमै पोखराका आयुषले प्राप्त मौकालाई सदुपयोग गर्दै बललाई जाली चुमाएपछि पोखराका समर्थकको हुटिङले रंगशाला थर्कियो । तर, अर्कोतिर धनगढीका समर्थकमा मौनता छायो । तर, धनगढीले पनि गोलका लागि निरन्तर प्रयास गरिरहँदा उसका दर्शक पनि आफ्ना खेलाडीलाई हौस्याइरहेका थिए ।

अन्ततः ५४औँ मिनेटमा धनगढीका समर्थकले पनि रंगशालामा आवाज गुञ्जाउने मौका पाए । यही क्रम दुईपटकसम्म चल्यो । पुनः पालो पोखराका दर्शकको आयो, खेल सकिनँ, केही सेकेन्ड मात्र रहँदा निराश बनिसकेका धनगढीका दर्शकले पुनः उफ्रिने मौका पाए । 

निर्धारित ९० र थपिएको ३० मिनेटमा दुई–दुई गोल भएपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा भने पोखराका दर्शक निराश बन्न बाध्य भए । धनगढीले लगातार दोस्रो संस्करणमा पनि फाइनल पुग्ने टिमका रूपमा आफूलाई अब्बल साबित गर्‍याे । 

ad
ad