१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय आविष्कार केन्द्रलाई बागमतीको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:५७:oo

राष्ट्रिय आविष्कार केन्द्रलाई बागमती बोर्डिङ सेकेन्डरी स्कुलले २५ हजार रुपैयाँ सहयोग गरेको छ। स्कुलको छैटौँ विज्ञान तथा शैक्षिक प्रदर्शनीका क्रममा आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विद्यालयका संस्थापक डा. सुरेन्द्र सिटौला, निर्देशक अस्मिन सिटौला र संरक्षक सुभद्रा सिटौलाले संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा स्कुलका संस्थापक डा. सुरेन्द्र सिटौलाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशविकास र जनताको भलाइका निम्ति लाग्ने पुनको सादा जीवन र उच्च विचार सबैका निम्ति अनुकरणीय रहेको बताए। सूचना र प्रविधिमार्फत देश विकासका सम्भावनाहरूको खोजी गर्ने उद्देश्यले स्थापित राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक स्वयं संस्था चलाउन आफ्नो पदक लिलाममा राख्ने र आफ्ना पुस्तक आफैँ बाटोमा बेचेर बस्ने परिस्थितिमा पुग्नु देशभक्त नागरिकका निम्ति लज्जाको विषय भएको सिटौलाले बताए। 

प्रदर्शनीको उद्घाटन गर्दै पुनले देशका होनाहार युवा विदेश पलायन हुनेक्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे। सरकारले केही गरेन भन्नुभन्दा आफूले गरेर देखाउनुपर्छ भन्ने भावना युवामा जागृत भए देशको उन्नति हुने उनको भनाइ छ। जनताको दैनिक जीवन सहज बनाउने आविष्कार मात्र जीवन्त हुने भएकाले यस खालको चिन्तन र अध्ययनमा केन्द्रित हुन उनले विद्यार्थीलाई सुझाव दिए। विद्यार्थीले तयार पारेको रोबो रेस, रोबो वार, रोबो सकरलगायत आविष्कारबाट निकै प्रभावित भएको उनले बताए। 

प्रदर्शनीमा रोबोटिक्ससँग सम्बन्धित २५, विज्ञानसँग सम्बन्धित ३५ र गणितसँग सम्बन्धित पाँच स्टल राखिएका थिए। विद्यालयका स्टिम ल्याब, कोडिङ क्लास, विज्ञान क्लबका कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनीमा राखिएको विद्यालयका प्रधानाध्यापक श्यामदत्त अधिकारीले बताए। करिब तीन हजारजनाले प्रदर्शनीको अवलोकन गरेको बागमती कलेजका प्राचार्य विशाल पराजुलीले जानकारी दिए।   

ad
ad